एक किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट करिब १ किलो अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ४८ वर्षीय रोनक मदनी रहेका छन् । मुम्बईबाट इन्डिगो एयरमार्फत काठमाडौं आएका उनलाई मंगलबार दिउँसो शंका लागेर नियन्त्रणमा लिई चेकजाँच गरिएको थियो ।
प्रहरीले केएमसी अस्पतालमा भिडियो एक्स–रे गर्दा उनको मलद्वारमा लुकाएको अवस्थामा ८ सय ३५ ग्राम सुन फेला पारेको हो ।
पक्राउ परेका मदनीलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
Facebook Comments