तुलसीपुर कारागारबाट भागेका १ सय ५५ कैदीबन्दी पक्राउ

User Image मेयरसाप डेस्क | ४ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68db75cdb919d.jpg

दाङ । जेनजी आन्दोलनको मौका छोपेर दाङको तुलसीपुर कारागारबाट भागेका २ सय ५३ जना कैदीबन्दीमध्ये १ सय ५५ जना पक्राउ परेका छन् ।

सुरक्षाकर्मीहरूले भागेका कैदीबन्दीहरूलाई दिनहुँजसो पक्राउ गरी कारागारलाई बुझाइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

भाद्र २४ गते १ सय २४ र २५ गते १ सय २९ जना कैदीबन्दीहरूले जेलको मूल गेट तोडेर भागेका थिए ।

यसैबीच, कारागार प्रशासनले फरार रहेका कैदीबन्दीहरूलाई असोज २० गतेसम्म कारागारमा फर्किन आह्वान गरेको छ । उक्त समयपछि फर्किएमा थप कारबाही हुने कारागार प्रशासनले चेतावनी दिएको छ ।

हाल तुलसीपुर कारागारमा ६ जना आश्रित बालबालिकासहित ३ सय ५७ जना रहेको कारागार प्रमुख गिर बहादुर सेजुवालले बताए ।


Facebook Comments