माओवादीको सचिवालय बैठक बस्दै, के–के छन् एजेण्डा?


काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज (सोमबार) दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ ।
सचिवालय सदस्य हरिबोल गजुरेलका अनुसार, बैठकमा मुख्यगरी पार्टीको विशेष महाधिवेशनको मिति तय गर्ने र त्यसका लागि प्रतिनिधि छनोट लगायतका विषयमा छलफल हुनेछ ।
यसअघि असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
सोही बैठकले पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएको थियो र पूर्वपदाधिकारीहरूलाई सचिवालयमा रूपान्तरण गरेको थियो ।
Facebook Comments