सुख्खा पहिरो पन्छाएपछि रिडी–तम्घास सडक सञ्चालन

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e34fb4435f4.jpeg

गुल्मी । सुख्खा पहिरोले अवरुद्ध भएको मदनभण्डारी राजमार्गअन्तर्गतको गुल्मी–रिडी–तम्घास सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।

आज बिहान रुरुक्षेत्र गाउँपालिका–३, पानीट्याङ्की नजिकै चट्टानसहितको सुख्खा पहिरो खसेपछि यो सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले सडकमा थुप्रिएको पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको जानकारी दिए ।

हाल रिडी–तम्घास सडकखण्डमा २५ किलोमिटर सडक चौडा पार्ने र कालोपत्रे गर्ने काम भइरहेको छ ।


Facebook Comments