घाइते ४ जनालाई सेनाको हेलिकप्टरबाट झापा लगियो


काठमाडौं । अविरल वर्षापछिको पहिरोमा परी घाइते भएका १ बालिकासहित ४ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत झापा पठाइएको छ ।
इलामको सन्दकपुर नगरपालिका–४, माबु इलाकामा पहिरोमा परी घाइते भएका उनीहरूलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि झापा अस्पताल पुर्याइएको हो ।
घाइते हुनेमा तीन महिला, एक पुरुष र एक बालिका रहेका छन् ।
यसैबीच, झापाको मिलनबस्ती इलाका मा सेनासहितका सुरक्षा फौजले गएराति मोटर बोट, डुङ्गा र पैदल माध्यम प्रयोग गरी ९१ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखेका छन् ।
Facebook Comments