हरिबोधिनी एकादशीः मकवानपुरको त्रिखण्डी र बंशगोपाल मन्दिरमा विशेष मेला
मेयरसाप डेस्क
हेटौंडा । हरिबोधिनी एकादशी पर्व आज तुलसीको विवाह गरी मनाईंदैछ । असार शुक्ल एकादशी अर्थात् हरि शयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आजको दिन बेलुका तुलसीको मठमा पूजा गर्ने चलन छ ।
यसैबीच आज मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको त्रिखण्डी मन्दिर र मकवानपुरगढीको बंशगोपाल मन्दिरमा विशेष मेला लागेको छ । विगतका वर्षहरुमा यतिबेला पूजा गर्नेहरुको लामो लाइन हुने भएपनि यसवर्ष तीनदिन देखि निरन्तर वर्षा भइरहेकाले त्रिखण्डी र बंशगोपाल मन्दिरमा पूजा गर्न आउनेहरू कमै मात्र रहेका छन् ।
Facebook Comments