आईसीसी विश्वकप क्रिकेट लिग–२: आज अमेरिकासँग खेल्दै नेपाल

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/nepal.jpg

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

जारी शृंखलामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो । आजको खेलमा नेपाललाई अमेरिकासँग पहिलो खेलमा व्यहोरेको हारको बदला लिने अवसर रहेको छ ।

लिगमा २२ खेल खेलेको अमेरिका ३२ अङ्कका साथ शीर्षस्थानमा रहेको छ भने १८ खेल खेलेको नेपाल १२ अंकसहित सातौँ स्थानमा छ । यस्तै, १८ खेलबाट ८ अङ्क जोडेको युएई अन्तिममा छ । नेपालले शृङ्खलाको अन्तिम खेल आगामी बुधबार युएईसँग खेल्नेछ ।


Facebook Comments