खराब मौसमले भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान स्थगित

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/shree-airlines.jpg

काठमाडौं । खराब मौसमको कारण ३ विमानस्थलमा उडान अवरुद्ध भएको छ।  निरन्तर वर्षाका कारण मौसम अनुकूल नहुँदा भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबार उडान स्थगित गरिएको हो ।  

यसैगरी बाक्लो बादलले हिमाल ढाकिएपछि माउन्टेन फ्लाइटहरू पनि रद्द भएका छन् । आज पनि देशको विभिन्न स्थानमा वर्षा भइरहेको छ ।  


Facebook Comments