बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, ५ करोड हिनामिनाको आरोप
महत्त्वपूर्ण कागजात अख्तियारकाे नियन्त्रणमा
मेयरसाप डेस्क
|
८ घण्टा अगाडि
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले आज छापा मारेर महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ ।
स्रोतका अनुसार, नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले भोटेकोशी जलविद्युत् आयोजनासँग अस्पताल निर्माणका लागि भन्दै धम्क्याएर ५ करोड रुपैयाँ लिएको र उक्त रकम हिनामिना गरेको आरोप छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा अख्तियारको टोलीले २० लाख रुपैयाँ बराबरको मात्र हिसाबकिताब फेला पारेको छ । बाँकी रकम कहाँ गयो भन्नेबारे कुनै हरहिसाब नभेटिएको स्रोतले जनाएको छ ।
अनियमितता सम्बन्धी पटकपटक उजुरी र गुनासो आएपछि अख्तियारले यो कदम चालेको हो । अख्तियारले नियन्त्रणमा लिएका कागजातहरूका आधारमा थप अनुसन्धान अघि बढाएको छ ।
Facebook Comments