प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सुरु
मेयरसाप डेस्क
|
७ घण्टा अगाडि
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई छलफलका लागि बोलाएपछि आज बालुवाटारमा प्रधानमन्त्री र मुख्यमन्त्रीहरूको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार, प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्यलाई थप सघन बनाउने उद्देश्यले यो उच्चस्तरीय बैठक आह्वान गरेकी हुन् ।
बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेशका जितेन्द्रप्रसाद सोनार, बागमतीका इन्द्रबहादुर बानियाँ, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीका यामलाल कँडेल र सुदूरपश्चिमका कमलबहादुर शाह गरी सातै प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थिति रहेको छ ।
Facebook Comments