ओली भन्छन्– ‘स्थान हद तोकेर चुनावको मञ्चन हास्यास्पद’

वर्तमान सरकार गैर–लोकतान्त्रिक

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/kp-oli_1.jpg

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अराजकताबाट जन्मेको र गैरलोकतान्त्रिक भएको भन्दै चर्को आलोचना गरेका छन् । भदौ २३ र २४ गतेको विध्वंसबाट गठन भएको यो सरकारबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता खोज्नु नहुने उनको दाबी छ ।

झापाका अगुवा कार्यकर्ताहरूलाई बिहीबार राति भर्चुअल माध्यमबाट सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अलोकतान्त्रिक सरकारले चुनाव गराउने नाटक गर्नु हास्यास्पद भएको बताएका थिए ।

उनले भने, ‘यो सरकार चुनाव गराउने भन्छ । नेताहरूलाई स्थान हद तोकेको छ । जिल्ला जान नपाउने, निर्वाचन क्षेत्र जान नपाउने, प्रचार गर्न नपाउने । राजनीतिक दल र नेताहरूलाई यस प्रकारको अवरोध गरेर कस्तो प्रकारको चुनाव गर्न खोजिएको हो?’

उनले जेन–जीका नाममा एमालेमाथि भएको आक्रमणको जवाफ राष्ट्रियता, राष्ट्रहित, विकास र समृद्धिका कामबाटै दिने दाबी गरे । ओलीले गैह्रसंवैधानिक तरिकाबाट विघटन गरिएको प्रतिनिधिसभाको पुनस्र्थापनाका लागि व्यापक दबाब सृजना गर्न समेत कार्यकर्ताहरूलाई निर्देशन दिए ।


Facebook Comments