वीरभान बिष्ट ह*त्याकाण्ड : ४ जनालाई जन्मकैदको फैसला
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
बैतडी । पाटन नगरपालिका–६ का वीरभान बिष्टको हत्यामा संलग्नमध्ये चार जनालाई जन्मकैदको फैसला सुनाइएको छ । बिष्टको हत्यामा संलग्नमध्ये चार जनालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतका सूचना अधिकारी रविराज जोशीले जानकारी दिए ।
हत्यामा संलग्न पाटन–६ की भागरथी बिष्ट, पाटन–६ कै ३८ वर्षीय भरत मोहन बिष्ट, पाटन–१ का १९ वर्षीय राजेन्द्र भट्टराई र पाटन–६ का २६ वर्षीय आशिष् पहरीलाई जन्मकैदको फैसला सुनाइएको हो ।
यस्तै अर्का एक १८ वर्षमुनिका किशोरलाई १६ वर्षको कैद सजाय सुनाइएको सूचना अधिकारी जोशीले बताए । विसं २०८१ असार २३ गते भएको थुनछेक बहसमा हत्यामा संलग्न पाँचै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।
गाउँकै बुहारी नाता पर्ने भागरथीको घरमा २०८१ असार १ गते हत्या गरी राखेको र त्यसको दुई दिनपछि पाटन–पञ्चेश्वर सडक खण्डको घङाल खोलमा शव फालिएको थियो । असार ३ गते वीरभानको शव सो स्थानमा फेला परेको थियो ।
Facebook Comments