प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत

स्रोत सुनिश्चित भएको दाबी

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/nirwachan-aayog.jpg

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नका लागि सरकारले ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ । निर्वाचन आयोगले यो निर्वाचनका लागि साढे सात अर्ब (७ अर्ब ५० करोड) रुपैयाँ बजेट माग गरेको थियो ।

आयोगको मागभन्दा निकै कम बजेट स्वीकृत भए पनि निर्वाचनको तयारीका लागि अहिलेलाई स्रोत सुनिश्चित भएको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए ।

प्रवक्ता भट्टराईले भने, “अर्थ मन्त्रालयले प्रतिनिधिसभा निर्वाचनका लागि ४ अर्ब ९६ करोड रुपैयाँ स्वीकृत गरेको छ । निर्वाचनका लागि स्रोत सुनिश्चितता भएको छ ।”

आयोगका अनुसार, अहिले स्वीकृत भएको बजेटले निर्वाचनको प्रारम्भिक तथा अत्यावश्यक तयारीका कामहरू अघि बढाउन सहयोग पुग्नेछ । 

प्रवक्ता भट्टराईले थप बजेट आवश्यक परेको खण्डमा भविष्यमा सरकारले सहजीकरण गर्ने आश्वासन दिएको जानकारी दिएका छन् ।

यससँगै आयोगलाई फागुन २१ गतेको निर्वाचनका लागि आवश्यक पर्ने सामग्री खरिद, जनशक्ति व्यवस्थापन, तालिम तथा सुरक्षा खर्चको योजना बनाउन सहज भएको छ ।


Facebook Comments