मतदाता नामावलीकाे समय सीमा थप्न प्रधानमन्त्री कार्कीको आग्रह
म्याद सकिनुअघि प्रधानमन्त्रीको फोन
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गराउने समय सीमा केही समय थप गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छिन् ।
कार्कीले शुक्रबार आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग टेलिफोनमा कुरा गर्दै नाम लेखाउनेको संख्या र अनलाइन आवेदनको लोड बढिरहेको भन्दै समय थप गर्न आग्रह गरेकी हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रधानमन्त्रीको आग्रहमा सकारात्मक प्रतिक्रिया दिएका छन् ।
हाल निर्वाचन आयोगले उमेर पुगेका तर नाम नभएकाहरूलाई नाम लेखाउनका लागि ३० कात्तिकसम्मको समय सीमा तोकेको छ ।
Facebook Comments