मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
अविश्वास प्रस्ताव पारित
मेयरसाप डेस्क
|
२०८२ मंसिर ३ गते ०२:३८
काठमाडौं । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् ।
प्रदेश सभामा पदीय आचरण विपरीत काम गरेको भन्दै उनीविरुद्ध दर्ता भएको पदमुक्त गर्ने प्रस्ताव बुधबार दुई तिहाइ बहुमतले पारित भएको हो ।
प्रस्ताव पारित हुँदा प्रदेश सभामा ७६ जना सांसद उपस्थित थिए र उक्त प्रस्तावलाई सात राजनीतिक दलले समर्थन गरेका थिए ।
मण्डलले यसअघि पाँच जना सांसदलाई हटाएको विषयमा दलहरूले विरोध गर्दै आएका थिए । उनको सोही कदम र पदीय आचरणमा प्रश्न उठाउँदै पदमुक्त गर्ने प्रस्ताव ल्याइएको थियो
Facebook Comments