चितवनलाई काठमान्डुले दियो १४३ रनको लक्ष्य
तनविरले लिए ४ विकेट
मेयरसाप डेस्क
|
२०८२ मंसिर १२ गते १६:३३
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु र्गार्खाजले चितवन राइनोजलाई जितका लागि १४३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमान्डुले १९ ४ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनायो ।
काठमान्डुका लागि जोन सिम्पसनले सर्वाधिक ६० रनको विष्फोटक अर्धशतक प्रहार गरे । मिलन्द कुमारले ३८, र बेन चाल्सवर्थले १३ रन जोड्दा अन्य ब्याट्सम्यानले दाेहाेराे रन जाेड्न सकेनन् ।
चितवनका लागि सोहेल तनविरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । यस्तै, रञ्जित कुमार र कमल सिंह ऐरीले समान दुई–दुई विकेट लिँदा रवि बोपराले एक विकेट लिए ।
अङ्कतालिकामा ४ खेलमा दुई खेल जितेर पाँचौ स्थानमा रहेको काठमान्डुविरुद्ध ३ खेलमा दुई जितेर चौथौ स्थानमा रहेको चितवन जवाफी ब्याटिङमा उत्रिएको छ ।
Facebook Comments