अमेरिकी आक्रमणपछि भेनेजुएलामा राष्ट्रिय सङ्कटकाल घोषणा
तेल र खनिज कब्जा गर्ने रणनीति
मेयरसाप डेस्क
|
२०८२ पुष १९ गते १५:३१
एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले देशभर राष्ट्रिय सङ्कटकालको घोषणा गरेका छन् । अमेरिकाले राजधानी काराकाससहितका रणनीतिक स्थानहरूमा भीषण हवाई आक्रमण गरेलगत्तै राष्ट्रपति मदुरोले यस्तो कदम लिएका हुन् ।
अमेरिकी आक्रमणको कडा निन्दा गर्दै मदुरोले यसलाई भेनेजुएलाको सार्वभौमसत्तामाथिको नाङ्गो हस्तक्षेप भनेका छन् । बीबीसीका अनुसार उनले अमेरिकाको मुख्य उद्देश्य भेनेजुएलाको विशाल तेल भण्डार र खनिज स्रोतहरूमाथि कब्जा जमाउनु रहेको आरोप लगाए ।
‘यो आक्रमण हाम्रो देशको राजनीतिक स्वतन्त्रता हनन् गर्ने र संसाधन लुट्ने कुत्सित नियतले गरिएको हो,’ जारी बयानमा भनिएको छ । मदुरोले बाह्य आक्रमणबाट देशलाई जोगाउन ’राष्ट्रिय सुरक्षा योजना’लाई तत्काल लागू गर्न निर्देशन दिए ।
सङ्कटकाल घोषणासँगै भेनेजुएलाभर सुरक्षा सतर्कता उच्च पारिएको छ भने राष्ट्रपतिले उचित समयमा यसको कडा जवाफ दिने चेतावनी समेत दिएका छन् ।
Facebook Comments