नेकपा संयोजक प्रचण्ड आज दिल्ली जाँदै
मेयरसाप डेस्क
|
२०८२ पुष २० गते १०:१३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँदिल्ली जाँदैछन् । प्रचण्ड साँझ दिल्ली उड्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । प्रचण्ड जेनजी आन्दोलनपछि पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् ।
प्रचण्डले दिल्लीमा नेकपा निकट प्रवासी संगठनको एकता सन्देश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रचण्ड सन्देश सभालाई सम्बोधन गरे लगत्तै सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ । प्रचण्डको दिल्ली बसाइका अन्य भेटवार्ताबारे भने केही खुलाइएको छैन ।
Facebook Comments