भेनेजुएला: उपराष्ट्रपति डेल्सी बनिन् अन्तरिम राष्ट्रपति
मेयरसाप डेस्क
|
२०८२ पुष २० गते १०:३३
काठमाडौं । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको जिम्मेवारी पाएकी छन् । अमेरिकाले राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएपछि उपराष्ट्रपति रोड्रिगेजले राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् ।
भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक कामलाई निरन्तरता दिनु आवश्यक भएको भन्दै उपराष्ट्रपतिले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु उपयुक्त हुने जनाएको रोयटर्सले जनाएको छ ।
रोड्रिगेज लामो समयदेखि मादुरो सरकारसँग नजिकको सहयोगी बनेर काम गरेको अनुभव छ । उनले ह्युगो चावेजको समर्थनमा पनि काम गरिसकेकी छन् । २०१३–२०१४ मा सञ्चार र सूचना मन्त्री, २०१४–२०१७ मा विदेश मन्त्री र २०१७ मा सरकारको समर्थक संविधान सभाको प्रमुखको रूपमा काम गरिसकेकी छिन् ।
२०१८ जुनमा उनलाई भेनेजुएलाको उपराष्ट्रपति नियुक्त गरिएको थियो र त्यसपछि उनी मुलुकको आर्थिक र राजनीतिक निर्णयहरूमा एक महत्वपूर्ण भूमिकामा छिन् ।
शनिबार अमेरिकाले भेनेजुएलामा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रण लिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले अब भेनेजुएलामा अमेरिकाले नै सरकार चलाउने बताएका छन्।
Facebook Comments