बालेन र उज्यालो नेपालसँगको एकता घोषणा गर्दै रास्वपा

User Image मेयरसाप डेस्क | २०८२ पुष २० गते १४:३३
Image of https://mayorsap.com/storage/photos/shares/rsp-party_1.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि सोमबार विशेष समारोहका बीच ‘बृहत्तर एकता घोषणा सभा’ गर्ने भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले भोलि दिउँसो १ बजे प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहबाट नयाँ राजनीतिक ध्रुवीकरणको औपचारिक घोषणा हुने जानकारी दिएको हो ।

यसअघि पुस १३ र १४ गते भएको सघन वार्तापछि रास्वपाले काठमाडौं महानगरका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीसँग एकता गर्ने ऐतिहासिक सहमति गरेको थियो । भोलिको सभाले उक्त एकता प्रक्रियालाई वैधानिकता दिँदै आगामी राजनीतिक यात्रा र नयाँ कार्यदिशाबारे पनि स्पष्ट पार्ने बताइएको छ ।

रास्वपा र बालेन शाहबीचको यो सहकार्यले नेपाली राजनीतिमा नयाँ शक्ति सन्तुलन र तरङ्ग ल्याउने अपेक्षा गरिएको छ । सभामा एकीकृत शक्तिको सांगठनिक ढाँचा र आगामी निर्वाचनको रणनीतिका विषयमा पनि विशेष सम्बोधन हुने रास्वपाले जनाएको छ ।


Facebook Comments