समीक्षा र रञ्जुसहित ७ नेता रास्वपा केन्द्रीय सदस्यमा मनोनित
मेयरसाप डेस्क
|
२०८२ पुष २० गते १६:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विवेकशील साझा पार्टी छाडेर आएका सात जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी समायोजन प्रक्रियापछि उनीहरूलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
मनोनित हुनेहरूमा विवेकशील साझाकी पूर्वअध्यक्ष समीक्षा बाँस्कोटा, पूर्वमहासचिव रञ्जु दर्शना, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान र धनेज थापा रहेका छन् । उनीहरू गत मंसिर १४ गते निशर्त रास्वपामा प्रवेश गरेका थिए ।
करिब १३ वर्षअघि उज्ज्वल थापाको नेतृत्वमा अभियानबाट सुरु भएको विवेकशील र ४० महिनाअघि स्थापना भएको रास्वपाबीचको एकतालाई यस मनोनयनले थप सुदृढ बनाएको छ ।
Facebook Comments