प्रतिनिधिसभा उम्मेदवारहरूको वैयक्तिक विवरण सार्वजनिक

उपलब्ध भयो उम्मेदवारको नालीबेली

User Image मेयरसाप डेस्क | २०८२ माघ ११ गते १०:४६
Image of https://mayorsap.com/storage/photos/shares/nirbachan-aayog.jpg

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को कानुनी प्रावधानअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका सबै उम्मेदवारले मनोनयनका क्रममा पेस गरेको व्यक्तिगत विवरण आयोगले सार्वजनिक गरेको हो ।

निर्वाचन प्रक्रियालाई थप पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउनुका साथै मतदाता तथा सञ्चारमाध्यमलाई उम्मेदवारका बारेमा जानकारी लिन सहज होस् भन्ने उद्देश्यले यो विवरण आयोगको आधिकारिक वेबसाइटमा राखिएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

यस पटकको निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल तीन हजार ४८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । माघ ६ गते भएको मनोनयन दर्ताअनुसार कुल उम्मेदवारमध्ये तीन हजार ८९ पुरुष, ३९६ महिला र एक जना अन्य लिङ्गी रहेका छन् ।

आयोगले सार्वजनिक गरेको यो विवरणबाट आम नागरिकले आफ्ना क्षेत्रका उम्मेदवारको योग्यता, पृष्ठभूमि र अन्य व्यक्तिगत विवरणबारे स्पष्ट जानकारी पाउने अपेक्षा गरिएको छ ।


Facebook Comments