म्याग्देमा जीप दुर्घटना, १३ वर्षीया बालिकाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ माघ ११ गते ११:०२
Image of https://mayorsap.com/storage/photos/shares/accident1.jpg

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा आज बिहान भएको जीप दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ, भने एक किशोर घाइते भएका छन् । 

कोलडाँडाबाट थर्पुतर्फ आउँदै गरेको ग३च ५८३८ नम्बरको जीप सडकबाट करिब २० मिटर तल खस्दा स्थानीय १३ वर्षीया कोइस्का घर्तीको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी घर्तीलाई तत्काल उपचारका लागि दमौलीस्थित प्रदेश अस्पताल पुर्याइए पनि चिकित्सकले बिहान ८ः४० बजे मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार, दुर्घटनामा सोही ठाउँका १५ वर्षीय दिपसन घर्ती घाइते भएका छन् र उनको अहिले उपचार भइरहेको छ । 

जीप अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले जीप चालक ३० वर्षीय वसन्त घर्तीलाई नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।


Facebook Comments