सुन–चाँदीको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदैछ काराेबार?

सुन तोलामा ३ लाख ३ हजार नाघ्याे

User Image मेयरसाप डेस्क | २०८२ माघ ११ गते ११:४४
Image of https://mayorsap.com/storage/photos/shares/gold_2.jpg

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँले वृद्धि भएको छ । 

यससँगै आज एक तोला छापावाल सुनको मूल्य तीन लाख तीन हजार ८०० रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च हो । गत शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि ठुलो वृद्धि देखिएको छ। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला २९० रुपैयाँले बढेर ६ हजार ४८० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा परेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ अमेरिकी डलर र एक औँस चाँदी १०३ डलरमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Facebook Comments