दाङमा कार्यरत प्रहरी जवान जङ्गलमा मृ*त फेला
मेयरसाप डेस्क
|
२०८२ माघ ११ गते १२:३१
दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरी जिसी घोराही उपमहानगरपालिका–१८ स्थित घरडौराको जङ्गलमा मृत फेला परेका छन् ।
घोराही–२ रामपुर निवासी जिसी यही माघ ८ गते बिहानको ड्युटी सकेर आफ्नो स्कुटी लिएर निस्किएपछि तीन दिनसम्म बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा उनको स्कुटी बाटोमा भेटिएको थियो, भने उनी जङ्गलमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा थप जानकारी दिँदै स्रोतले जनाएअनुसार मृतक जिसीका बुबाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचार भइरहेको थियो । बुबाको अवस्था गम्भीर रहेकाले उनले घर जान बिदा मागे पनि नपाएपछि उनी निकै मानसिक तनावमा रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार, मृतकको पोस्टमार्टम भइसकेको छ र उनको मोबाइलको लक खुलेपछि मात्रै मृत्युको वास्तविक कारण खुल्नेछ । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
Facebook Comments