इटहरीमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

User Image मेयरसाप डेस्क | २०८२ माघ ११ गते १२:४७
Image of https://mayorsap.com/storage/photos/shares/1000104031.jpg

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा आजदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । इटहरी रङ्गशालामा आयोजित एक समारोहका बीच उपमहानगर प्रमुख हेमकर्ण पौडेलले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा प्रमुख पौडेलले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अपरिहार्य रहेको चर्चा गर्दै यसले अनुशासन र नेतृत्व क्षमता विकासमा सघाउ पुर्याउने बताए । साथै, उनले राष्ट्रपति रनिङ शिल्डको राष्ट्रिय प्रतियोगिता जितेर आउने विद्यार्थीलाई उपमहानगरपालिकाको तर्फबाट विशेष सम्मान र पुरस्कार प्रदान गर्ने घोषणा समेत गरे ।

तीन दिनसम्म चल्ने यस प्रतियोगितामा उपमहानगरभित्रका माध्यमिक तहका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका छन् । शैक्षिक शाखा प्रमुख रमेश शाहका अनुसार प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु र हाई जम्प जस्ता विभिन्न खेल विधाहरू समावेश गरिएका छन् ।

यहाँ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले माथिल्लो तहको प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् । विद्यालयस्तरबाटै प्रतिभावान् खेलाडी पहिचान गर्ने उद्देश्य राखिएको यस कार्यक्रममा अभिभावक र शिक्षकहरूको समेत उल्लेख्य उपस्थिति रहेको छ ।


Facebook Comments