नेकपालाई पहिलो शक्ति बन्न कसैले रोक्दैन : प्रचण्ड
मेयरसाप डेस्क
|
२०८२ माघ ११ गते १३:०१
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई निष्पक्ष र स्वच्छ बनाउन सके आफ्नो पार्टी देशको पहिलो शक्ति बन्ने दाबी गरेका छन् ।
शनिबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई विद्यमान सङ्कटबाट मुक्त गराउन नेकपालाई बलियो रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।
निर्वाचनका समयमा हुने अवाञ्छित गतिविधिहरूलाई रोकेर जनमतको कदर भएमा कसैले पनि नेकपालाई रोक्न नसक्ने उनको तर्क थियो ।
संयोजक दाहालले अबको गन्तव्य समाजवादी क्रान्ति भएको उल्लेख गर्दै जनवादी क्रान्तिका उपलब्धिलाई संस्थागत गर्न सबै वामपन्थी शक्ति एकजुट हुनुपर्ने बताए ।
पछिल्लो समय एमालेलगायत विभिन्न दलबाट क्रान्तिकारी कम्युनिस्टहरू नेकपामा समाहित हुने क्रम तीव्र रूपमा बढेको भन्दै उनले पार्टीलाई बलियो बनाएर राष्ट्र र जनहित सुनिश्चित गर्न नेता–कार्यकर्तालाई निर्देशन दिए ।
Facebook Comments