कास्कीमा २६ वर्षे तन्नेरीदेखि ७० वर्षे वृद्धसम्म मैदानमा

User Image मेयरसाप डेस्क | २०८२ माघ ११ गते १३:१८
Image of https://mayorsap.com/storage/photos/shares/kaski.jpg

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा उत्साहजनक उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यसपटक जिल्लामा २६ वर्षका युवकदेखि ७० वर्षका वृद्धसम्म चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

कास्की क्षेत्र नं. २ बाट सबैभन्दा कम उमेरका २६ वर्षीय निर्दोषविक्रम पौडेल र क्षेत्र नं. ३ बाट सबैभन्दा बढी उमेरका ७० वर्षीय गोपाल गिरीको उम्मेदवारी परेको हो । जिल्लाभर कुल ४९ जना उम्मेदवार चुनावी मैदानमा रहँदा १८ राजनीतिक दल र ६ जना स्वतन्त्र उम्मेदवारहरूबीच रोचक भिडन्त हुने देखिएको छ ।

क्षेत्रगत रूपमा हेर्दा क्षेत्र नं. १ मा १७ उम्मेदवारमध्ये ११ जना ५० वर्ष मुनिका छन् भने क्षेत्र नं. २ मा पनि १७ जनामध्ये १२ जना युवा उम्मेदवार छन् । तुलनात्मक रूपमा क्षेत्र नं. ३ मा भने पाका उम्मेदवारको सङ्ख्या बढी छ, जहाँ १५ मध्ये ६ जना मात्रै ५० वर्ष मुनिका छन् ।

कुल उम्मेदवारमा महिलाको सहभागिता भने न्यून देखिएको छ, जहाँ ४९ जनामा मात्र ५ जना महिलाले उम्मेदवारी दिएका छन् । यसपटक कास्कीमा तीन लाख आठ हजार ५७२ मतदाता रहेका छन्, जुन अघिल्लो निर्वाचनको तुलनामा १७ हजार बढी हो ।


Facebook Comments