आठ वर्षमा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्रे

User Image मेयरसाप डेस्क | २०८२ माघ ११ गते १३:४१
Image of https://mayorsap.com/storage/photos/shares/kalopatre-sadak.jpg

पर्वत । पछिल्लो आठ वर्षको अवधिमा पर्वत जिल्लाका ग्रामीण भेगमा सडक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार यस अवधिमा जिल्लाका विभिन्न महत्वपूर्ण ग्रामीण खण्डहरू गरी कुल २०४ किलोमिटर सडक कालोपत्र गरिएको हो ।

विशेष गरी चिसापानी–हुवास–त्रिवेणी–वहाकी–रानीपानी–बर्राचौर खण्डमा २३ किलोमिटर सडक कालोपत्र भएको छ, भने अर्मादी–खुर्कोट–बनौ र पातीचौर–देउपुर–भुकदेउराली खण्डमा समान १२–१२ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ ।

डिमुवा–तिलाहार–राम्जादेउराली खण्डमा ११ किलोमिटर, दोबिल्ला–कटुवाचौपारी–मुडिकुवा–फलेवास–ढिक खण्डमा १४ किलोमिटर र हिमालय–विपाङ–नुवार–खनियाँघाट खण्डमा ८ किलोमिटर सडक कालोपत्र भएपछि स्थानीय बासिन्दाको यात्रा सहज र सुरक्षित बनेको छ ।

सडक कालोपत्रसँगै जिल्लाका विभिन्न खोला तथा नदीहरूमा मोटर सञ्चालन गर्न मिल्ने २४ वटा पक्की पुलहरू समेत निर्माण भएका छन् । ग्रामीण भेगका यी सडकहरू कालोपत्र भएपछि कृषि उपजको बजारीकरण र पर्यटकीय सम्भावनाहरूको ढोका समेत खुलेको छ ।


Facebook Comments