निर्वाचन स्वच्छ बनाउन आयोग र टिकटकबीच समझदारी
मेयरसाप डेस्क
|
२०८२ माघ २१ गते १६:५३
काठमाडौं । फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, पारदर्शी र व्यवस्थित बनाउन निर्वाचन आयोग र टिकटकबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । आयोगका सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका प्रतिनिधि फेर्दोस अल मत्ताकिनले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
समझदारी अनुसार, निर्वाचनका क्रममा टिकटकमा फैलिन सक्ने भ्रामक सूचना र मिथ्या जानकारी रोक्न टिकटकले विशेष भूमिका खेल्नेछ । कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले नेपालको निर्वाचनलाई मर्यादित बनाउन टिकटकको प्रतिबद्धता महत्त्वपूर्ण रहेको बताए ।
उनका अनुसार, विश्वको नजर नेपालको निर्वाचनमा रहेका बेला टिकटकमार्फत हुने निःशुल्क सहयोगले निर्वाचन सफल बनाउन थप ऊर्जा प्रदान गर्नेछ । यो सहकार्यले सामाजिक सञ्जालमार्फत हुने चुनावी प्रचारलाई थप मर्यादित बनाउने विश्वास आयोगले लिएको छ ।
Facebook Comments