निष्पक्ष चुनाव भए नेकपा एक नम्बर पार्टी बन्छ : प्रचण्ड

User Image मेयरसाप डेस्क | २०८२ माघ २१ गते १७:२०
Image of https://mayorsap.com/storage/photos/shares/prachanda_6.jpg

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनलाई दुई चरणमा नलम्ब्याई एकै चरणमा सम्पन्न गर्न सुझाव दिएका छन् ।

उनले निर्वाचन हुनेमा शङ्का नगर्न आग्रह गर्दै सरकारलाई स्वच्छ र निष्पक्ष वातावरणको ग्यारेन्टी गर्न माग गरे । प्रचण्डले निर्वाचन धाँधलीरहित भएमा आफ्नो पार्टी मुलुकको पहिलो शक्तिका रूपमा उदाउने दाबी गरे ।

सामाजिक सञ्जालमा हुने चर्चाले मात्रै चुनावी नतिजा निर्धारण नगर्ने उल्लेख गर्दै उनले भने, ‘सामाजिक सञ्जालमा हाहा र हुहु गरेर केही हुनेवाला छैन, जनताले राष्ट्रलाई एकताबद्ध गर्ने र भ्रष्टाचार विरुद्ध उभिने पार्टीलाई चिनिसकेका छन्।’

सुशासन, सामाजिक न्याय र आर्थिक विकासको एजेन्डा लिएर अघि बढेको नेता र पार्टीलाई नै नेपाली जनताले रोज्ने उनको विश्वास थियो ।

साथै, उनले छिमेकी तथा मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलित राख्न सक्ने नेतृत्वको आवश्यकतामा समेत जोड दिए ।


Facebook Comments