नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

User Image मेयरसाप डेस्क | २०८२ माघ २१ गते १७:३९
Image of https://mayorsap.com/storage/photos/shares/nepal-womens-team-jarsi.jpg

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका लागि नयाँ जर्सी सार्वजनिक गरिएको छ । क्यान र एक्सट्रिम इनर्जी ड्रिङ्कबीचको औपचारिक साझेदारीसँगै बुधबार आयोजित कार्यक्रममा खेलाडी र पदाधिकारीहरूको उपस्थितिमा जर्सी अनावरण गरिएको हो ।

एक्सट्रिम इनर्जीले महिला क्रिकेटको विकासमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै यसले खेलाडीहरूको मनोबल र व्यावसायिकता बढाउने विश्वास व्यक्त गरेको छ ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का महासचिव राम चरित्र मेहेताले निजी क्षेत्रको यस्तो सहयोगले नेपाली क्रिकेटको विकासमा ठुलो योगदान पुग्ने बताए । यसैबीच, एक्सट्रिम इनर्जी ड्रिङ्क्सले समर्थकहरूका लागि ठुलो घोषणा समेत गरेको छ ।

आईसीसी मेन्स टी–२० विश्वकपका क्रममा भारतको वानखडे स्टेडियममा खेल हेर्न पुग्ने २,००० नेपाली समर्थकलाई टोलीको जर्सी निःशुल्क वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।


Facebook Comments