सामाजिक सञ्जालले होइन, कामले स्थापित भएका हौँ : कुलमान घिसिङ
'भाषणले होइन डेलिभरीले पार्टी चिनिन्छ'
मेयरसाप डेस्क
|
२०८२ माघ २२ गते १३:०३
जनकपुर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनपछि आफ्नो पार्टीले देशको नेतृत्व गर्ने र आफू प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने उद्घोष गरेका छन् ।
घरदैलो कार्यक्रमका क्रममा बोल्दै उनले प्रधानमन्त्रीको छनोट भाषणले नभई कामको आधारमा जनताले गर्ने बताए । घिसिङले उज्यालो नेपाल पार्टी जेन–जी आन्दोलनको भावना र ऊर्जा बोकेको सबैभन्दा नयाँ राजनीतिक शक्ति भएको उल्लेख गरे ।
हालै राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गरेपछि पार्टी थप सशक्त भएको जानकारी दिँदै उनले भने, ‘हामी भाषण गरेर होइन, समाजमा काम गरेर र डेलिभरी दिएर आएका हौँ। अबको मत भाषण गर्नेलाई होइन, काम गर्नेलाई हुनुपर्छ ।’
मधेस प्रदेशमा घरदैलो अभियान सुरु गर्दै उनले यहाँका ८ वटै जिल्लामा पार्टीको सशक्त उपस्थिति रहेको र उल्लेखनीय सिट जित्ने दाबी गरे । देशको आर्थिक र सामाजिक रूपान्तरणका लागि आफ्नो पार्टीले नै नेतृत्वदायी भूमिका खेल्ने उनको तर्क छ ।
Facebook Comments