भयरहित मतदानको ग्यारेन्टी सरकारले गर्छ : अर्थमन्त्री खनाल
मेयरसाप डेस्क
|
२०८२ माघ २२ गते १३:४४
बागलुङ । अर्थमन्त्री रामेश्वर खनालले आगामी प्रतिनिधिसभा निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
मन्त्री खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुगमन गर्दै निर्वाचनका लागि आवश्यक स्रोत र साधनको कमी हुन नदिने प्रतिबद्धता जनाए ।
जिल्ला सुरक्षा समितिको बैठकमा सहभागी हुँदै उनले सुरक्षा व्यवस्था, प्रहरी परिचालन र आचारसंहिता कार्यान्वयनबारे जानकारी लिए ।
“निर्वाचन सफल बनाउनु सबैको कर्तव्य हो, सुरक्षादेखि स्रोत व्यवस्थापनसम्म सरकारले पूर्ण सहयोग गर्छ,” उनले भने ।
मन्त्री खनालले निर्वाचनका बेला फैलिन सक्ने गलत र भ्रामक सूचनाप्रति सजग रहन सुरक्षा निकायलाई विशेष निर्देशन समेत दिए ।
Facebook Comments