प्रहरी सेवा कारबाहीमुखी मात्र होइन, सेवामुखी हुनुपर्छ : आईजीपी कार्की

User Image मेयरसाप डेस्क | २०८२ माघ २२ गते १३:५७
Image of https://mayorsap.com/storage/photos/shares/karki.jpeg

कोहलपुर । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरीले प्रवाह गर्ने सेवालाई गुणस्तरीय, संवेदनशील र पीडितमैत्री बनाउन निर्देशन दिएका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुर परिसरमा निर्मित ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र’को नयाँ भवन उद्घाटन गर्दै उनले प्रहरी अब कारबाहीमुखी मात्र नभई सहयोगमुखी संस्थाको रूपमा स्थापित हुनुपर्नेमा जोड दिए ।

बेलायत सरकारको सहयोगमा युनोप्सद्वारा करिब २ करोड १४ लाख ७३ हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनले पीडितको गोपनीयता र सम्मानलाई उच्च प्राथमिकता दिने विश्वास लिइएको छ ।

‘पीडितको मनोविज्ञान बुझेर संवेदनशीलता र मानवताका आधारमा सेवा प्रवाह गर्न यस्ता आधुनिक संरचनाले महत्त्वपूर्ण भूमिका खेल्नेछन्,’ महानिरीक्षक कार्कीले भने ।


Facebook Comments