सङ्खुवासभामा ट्याक्टरले किचेर मजदुरको मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ माघ २२ गते १४:०९
किमाथाङ्क । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मुढेमा ट्याक्टरले किचेर एक मजदुरको मृत्यु भएको छ । गएराति ना५त ७०८१ नम्बरको ट्याक्टरबाट खसेका नेमलाल तामाङलाई सोही ट्याक्टरको पछाडिको टायरले किचेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार, मृतक तामाङ उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत निर्माणाधीन खाँदबारी–किमाथाङ्का सडकखण्डमा कार्यरत मजदुर हुन् । दुर्घटनालगत्तै सिन्धुली घर भएका ट्याक्टर चालक फरार भएका छन् ।
प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टरलाई मकालु–५ स्थित नुम बजारमा पार्किङ गरी राखिएको अवस्थामा नियन्त्रणमा लिएको छ । घटनास्थलमा प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा टोली खटिएको र मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउने तयारी भइरहेको छ ।
Facebook Comments