प्रधानमन्त्री कार्की र ओलीबीच दुई घण्टा लामो वार्ता

निर्वाचन एकै चरणमा गर्न सुझाव

User Image मेयरसाप डेस्क | २०८२ माघ २२ गते १४:३७
Image of https://mayorsap.com/storage/photos/shares/oli-sushila.jpg

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गम्भीर छलफल भएको छ ।

बिहान ९ बजेपछि सुरु भएको भेटवार्तामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे करिब दुई घण्टा संवाद भएको हो ।

ओली निकट स्रोतका अनुसार, भेटका क्रममा अध्यक्ष ओलीले निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए । 

उनले निर्वाचनलाई दुई वा सोभन्दा बढी चरणमा नलगी एकै चरणमा सम्पन्न गर्न सरकारलाई सुझाव दिए ।

प्रधानमन्त्री कार्की र अध्यक्ष ओली दुवै निर्वाचनलाई एकै चरणमा गर्ने विषयमा सकारात्मक रहेको र सोहीअनुसार अघि बढ्ने समझदारी बनेको निकटस्थ स्रोतको दाबी छ ।


Facebook Comments