विश्वकप अभ्यास खेल : क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य
सन्दीपको कसिलो बलिङ
मेयरसाप डेस्क
|
२०८२ माघ २२ गते १५:०२
काठमाडौं । चेन्नईस्थित एमए चिदम्बरम मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनायो ।
क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ४१ रन बनाए भने श्रेयस मोव्वाले १८ औँ ओभरमा विष्फोटक ब्याटिङ गर्दै अविजित ३८ रन जोडे। यस्तै, जास्करन सिंहले ११ बलमा २१ रनको आक्रामक पारी खेले ।
बलिङतर्फ नेपालका स्पिनर सन्दीप लामिछाने निकै उत्कृष्ट देखिए । उनले ४ ओभरमा मात्र १४ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले पनि २ विकेट हात पारे भने सोमपाल कामी र नन्दन यादवको नाममा १–१ विकेट रह्यो ।
यसअघि पहिलो अभ्यास खेलमा यूएईलाई ७ विकेटले हराएको नेपाल आजको खेल जितेर उच्च मनोबलका साथ विश्वकपको यात्रा तय गर्न चाहन्छ । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
Facebook Comments