नेप्सेमा २७ अंकको सुधार : साढे ११ अर्बको कारोबार
मेयरसाप डेस्क
|
२०८२ माघ २२ गते १६:०९
काठमाडौं । साताको सुरुदेखि नै उतारचढावपूर्ण रहेको सेयर बजारमा बिहीबार दोहोरो अंकको उत्साहजनक सुधार देखिएको छ ।
बुधबारसम्म करिब ३२ अंकले घटेको नेप्से सूचक बिहीबार २७.१९ अंकले बढेर २७०८.७० बिन्दुमा पुगेको छ । नेप्सेसँगै ठूला कम्पनीको मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४.४७ अंकले बढेको छ ।
दिनभर भएका ३ सय २६ कम्पनीका १ लाख ८ हजार ८ सय १७ कारोबारबाट ११ अर्ब ५८ करोड रुपैयाँ बराबरको ३ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम अघिल्लो दिन बुधबारको तुलनामा उल्लेख्य बढी हो ।
बिहीबार कालिञ्चोक दर्शन, सुपर मादी हाइड्रो र मोदी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । कुल २०१ कम्पनीको सेयर मूल्य बढ्दा ५५ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ ।
व्यापार समूह बाहेक अन्य सबै उपसूचकहरू हरियाली देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह २१८.९२ र जीवन बीमा समूह १४३.८५ अंकले बढेका छन् ।
बजारमा देखिएको यो पछिल्लो सुधारले लगानीकर्ताहरूमा पुनः उत्साह थपेको छ, विशेषगरी जलविद्युत् र बीमा क्षेत्रमा आकर्षण बढी देखिएको छ ।
Facebook Comments