रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको मृ*त्यु

उम्मेदवार र चालक फरार

User Image मेयरसाप डेस्क | २०८२ माघ २२ गते १६:२४
Image of https://mayorsap.com/storage/photos/shares/rsp-ummedar-thakkar.png

जनकपुरधाम । रौतहट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सगिर आलम सवार सवारी साधनको ठक्करबाट एक ४ वर्षीया बालिकाको ज्यान गएको छ ।

दुर्घटना लगत्तै उम्मेदवार आलम र गाडीका चालक घटनास्थलबाट फरार भएको स्थानीयले बताएका छन् ।

ईशनाथ नगरपालिका–४, मठिया टोलकी ४ वर्षीया अलसा खातुनको आफ्नै वडामा भएको सवारी दुर्घटनामा मृत्यु भएको हो । मृतक बालिका सोही स्थानका शेख साजिरकी छोरी हुन् ।

प्रहरीका अनुसार बा १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालिकालाई ठक्कर दिएको थियो । ठक्कर दिने गाडीलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । 

घटनापछि फरार रहेका उम्मेदवार र चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान गरी कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।


Facebook Comments