विश्वकप अभ्यास खेल : क्यानडामाथि नेपालकाे सहज जित
आसिफको विष्फोटक अर्धशतक
मेयरसाप डेस्क
|
२०८२ माघ २२ गते १६:३८
काठमाडौं । टी–२० विश्वकपको पूर्वसन्ध्यामा नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा क्यानडामाथि ६ विकेटको प्रभावशाली जित निकालेको छ । क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा ओपनर आसिफ शेख नायक बने । उनले मात्र २९ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५८ रनको विष्फोटक इनिङ्स खेले ।
त्यस्तै, सन्दीप जोराले ४४ र गुल्सन झाले ३१ रनको महत्त्वपूर्ण योगदान दिए । यसअघि यूएईलाई ७ विकेटले हराएको नेपालका लागि यो लगातार दोस्रो जित हो ।
टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । उसका लागि नवनित धलिवालले ४१ र श्रेयस मोभाले अविजित ३८ रन जोडे ।
सन्दीप लामिछानेले ४ ओभरमा मात्र १४ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले २ तथा सोमपाल कामी र नन्दन यादवले १–१ विकेट हात पारे ।
विष्फोटक सुरुवात गरेको नेपालका लागि आसिफ शेख र सन्दीप जोराले जितको आधार तय गरे भने गुल्सन झाले खेल टुङ्ग्याए । लगातार दुई जितले विश्वकपअघि नेपाली टोलीको मनोबल उच्च देखिएको छ ।
Facebook Comments