Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

मैले नेपालमा रेल र पानीजहाजको योजना अघि सारेँ : ओली

'गम्भीर कुरालाई मजाक उडाइयो'

User Image मेयरसाप डेस्क | २०८२ फागुन ३ गते १५:२३
Image of https://mayorsap.com/storage/photos/shares/oli-jhapa.jpg

झापा । नेकपा एमालेका अध्यक्ष एवं झापा निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओलीले नेपालमा एउटा पूर्ण कार्यकाल काम गर्न चार पटक प्रधानमन्त्री हुनुपर्ने विडम्बनापूर्ण अवस्था रहेको बताएका छन ।

सोमबार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित चुनावी घरदैलो कार्यक्रममा बोल्दै उहाँले सरकार भत्काउने र बनाउने खेलले विकासका ठूला आयोजना प्रभावित भएको उल्लेख गरे ।

‘मैले नेपालमा रेल र पानीजहाजको योजना अघि सारेँ, तर काम सुरु गर्न खोज्यो कि सरकार भत्काइन्छ,’ ओलीले भने, ‘चार पटक प्रधानमन्त्री भएपछि मात्र मेरो एउटा कार्यकाल (पाँच वर्ष) पूरा भयो।’

उनले राम्रो काम गर्न खोज्दा देशभित्र र बाहिरका शक्तिहरूले अवरोध गर्ने गरेको र औद्योगिक क्षेत्र निर्माणमा समेत अनेक उल्झन सिर्जना गरिएको आरोप लगाए ।

आफ्ना गम्भीर र दार्शनिक कुराहरूलाई विरोधीले उखान टुक्का भनेर मजाक उडाएकोमा असन्तुष्टि जनाउँदै उनले भने, ‘मैले शास्त्र र इतिहासका कुरा गर्छु, उनीहरू उखान टुक्का भन्छन्। तर कसैले मजाक उडाउँदैमा हामी काम गर्न छोड्दैनौँ ।’

अध्यक्ष ओलीले संसारका सबै विकसित सहरमा जस्तै नेपालमा पनि सभाहल, सामुदायिक भवन र रङ्गशाला बनाउने आफ्नो अभियान जारी रहने दृढता व्यक्त गरे ।


Facebook Comments