Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

५६ करोड भ्रष्टाचार प्रकरण : मेयर थापाको मुद्दामा सुनुवाइ स्थगित

कानुन व्यवसायीले मागे समय

User Image मेयरसाप डेस्क | २०८२ फागुन ३ गते १६:१०
Image of https://mayorsap.com/storage/photos/shares/bharat thapa1.jpg

काठमाडौं । बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्धको भ्रष्टाचार मुद्दामा सोमबार विशेष अदालतमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासमा तोकिएको पेसी थापाका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सागरनाथ वन विकास परियोजनाको जग्गा अतिक्रमण गरी माछापोखरी निर्माण गरेको र सोही बहानामा ५६ करोड ७१ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा थापाविरुद्ध मुद्दा दायर गरेको थियो ।

वन क्षेत्रमा गैरकानुनी रूपमा उत्खनन गरी बनाइएका खाल्डालाई माछापोखरीका रूपमा देखाएर सङ्घ र प्रदेश सरकारबाट करोडौँ अनुदान लिइएको अख्तियारको दाबी छ ।

यस प्रकरणमा मेयर थापासहित उपमेयर लीलाकुमारी मोक्तान र तत्कालीन आर्थिक मामिला मन्त्री विजय कुमार लगायत ८ जनालाई विपक्षी बनाइएको छ । 

मन्त्री विजय कुमारले निर्माण नै सम्पन्न नभएको ‘माछाविहीन’ पोखरीका लागि आफैँले हस्ताक्षर गरी ३० करोड रुपैयाँ अनुदान दिएको गम्भीर अभियोग समेत रहेको छ ।


Facebook Comments