रास्वपा मधेसकी संस्थापक सभापति शर्माले दिइन् राजीनामा
आर्थिक अनियमितताको आरोप
मेयरसाप डेस्क
|
२०८२ फागुन ५ गते १०:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी मधेस प्रदेश संस्थापक सभापति एवं महिला तथा सामाजिक विकास विभाग सदस्य ममता शर्माले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी भइरहेका बेला बुधबार एक विज्ञप्ति जारी गर्दै उनले पार्टी नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाएकी हुन् ।
शर्माले निर्वाचनका लागि उम्मेदवार चयन र निर्णय प्रक्रियामा पार्टीले अपनाएको पद्धति स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठीक विपरीत रहेको आरोप लगाएकी छन् ।
‘दिनरात संगठनमा खटिएका सक्षम घण्टी मित्रहरूको योगदानको अवमूल्यन भएको छ। विधि र विधान विपरीतका क्रियाकलापहरू बढेका छन्,’ शर्माले विज्ञप्तिमा भनेकी छन् ।
उनले अगाडि थपिन्, ‘पार्टीका निर्णयहरू मूलतः आर्थिक अनियमितताबाट प्रेरित हुँदा मेरो आत्मसम्मान र राजनीतिक मूल्यमा आँच पुगेको छ । यस्ता गलत कार्यको साक्षी बसेर मौन रहन नसक्ने भएकाले राजीनामा दिएकी हुँ ।’
Facebook Comments