Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

तोलामा १ हजार ५ सय रूपैयाँले घट्यो सुनको मूल्य

User Image मेयरसाप डेस्क | २०८२ फागुन ५ गते ११:११
Image of https://mayorsap.com/storage/photos/shares/gold-sun-chadi_1.jpg

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट देखिन थालेको छ । साताको चौथो दिन बुधबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको प्रतितोला मूल्य ३ लाख ४०० रुपैयाँ निर्धारण गरिएको छ ।

साताको पहिलो दिन आइतबार ३ लाख ५ हजार ८०० रुपैयाँ पुगेको सुनको भाउ बुधबारसम्म आइपुग्दा ५ हजार ४०० रुपैयाँले सस्तिएको छ । हिजो मंगलबार सुन ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर ४ हजार ८८० रुपैयाँ कायम भएको छ । हिजो चाँदी ४ हजार ८८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ९२० अमेरिकी डलर र चाँदी ७५ डलर आसपासमा कारोबार भइरहेको छ ।


Facebook Comments