दोलखामा एमाले र माओवादीका दर्जनौँ नेता-कार्यकर्ता कांग्रेसमा प्रवेश
विगु गाउँपालिकाका श्रेष्ठ पनि समाहित
मेयरसाप डेस्क
|
२०८२ फागुन ५ गते १४:५०
दोलखा । दोलखाको विगु गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रका प्रभावशाली नेताहरू पहिरो गएझैँ नेपाली कांग्रेसमा समाहित भएका छन् ।
विगु गाउँपालिकाका उपाध्यक्ष शेषनारायण श्रेष्ठको नेतृत्वमा एमाले र माओवादीका दर्जनौँ अगुवा कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेका हुन् ।
एमालेका वडा सचिव चाहाना मगर, उपसचिव सूर्यनारायण श्रेष्ठसहित पालिका कमिटीका सदस्यहरू बिन्दु तामाङ, गाइने ठकुरी र रत्नविक्रम थापा मगरले पार्टी परित्याग गरेका छन् ।
यस्तै, माओवादी केन्द्र छोडेर साङछिरी तामाङ र कुमार विक लगायतको टोली पनि कांग्रेसमा प्रवेश गरेको छ ।
किन रोजे कांग्रेस?
पार्टी प्रवेश गर्दै गाउँपालिका उपाध्यक्ष शेषनारायण श्रेष्ठले देशलाई अब अजयबाबु शिवाकोटी जस्तो स्वच्छ छवि र भ्रष्टाचार विरोधी नेतृत्वको खाँचो रहेको बताए ।
‘कांग्रेस बदलिएर आएको छ, युवा नेतृत्वको स्पष्ट भिजन र लोकतन्त्र रक्षाका लागि हामीले यो कदम चालेका हौँ,’ श्रेष्ठले भने ।
नवप्रवेशीहरूलाई प्रतिनिधि सभा उम्मेदवार अजयबाबु शिवाकोटी र समानुपातिक उम्मेदवार छिरिङ डोल्मा शेर्पाले स्वागत गरेका थिए ।
उम्मेदवार शिवाकोटीले पुराना राजनीतिक शक्तिहरूबाट निराश भएकाहरूका लागि कांग्रेस भरोसाको केन्द्र बनेको दाबी गरिन् ।
Facebook Comments