Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

आवेगले होइन, सबैलाई समेटेर मात्रै देश बदलिन्छ : गगन थापा

विकास हुन नसक्नुमा आफू पनि हिस्सेदार

User Image मेयरसाप डेस्क | २०८२ फागुन ५ गते १५:३२
Image of https://mayorsap.com/storage/photos/shares/photo-6d2e762f.png

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्षलाई देश सुधारको ‘ग्यारेन्टी’ वर्षका रूपमा अघि बढाउने उद्घोष गरेका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले विगतको १०–१२ वर्षमा अपेक्षित विकास हुन नसकेको स्वीकार गर्दै अबको समय खेर नफाल्ने योजना र संकल्पसहित आफूहरू उभिएको बताए ।

नागरिक र विशेषगरी युवा पुस्तामा बढिरहेको आक्रोशलाई जायज ठहर्याउँदै उनले देश परिवर्तनका लागि आवेग र रिस मात्र पर्याप्त नहुने तर्क गरे ।

सभापति थापाले सबै राजनीतिक दलहरूलाई समेटेर लैजाने नेतृत्वदायी भूमिका नेपाली कांग्रेसले मात्र निर्वाह गर्न सक्ने दाबी समेत गरे ।

उनले अबको राजनीति निषेधको नभई सहकार्यको हुनुपर्नेमा जोड दिँदै कांग्रेसले त्यसको नेतृत्व गर्ने बताए ।


Facebook Comments