समस्या समाधान नगरी चुनावमा जानु उचित छैन : पूर्वराजा शाह
निर्वाचनअघि राष्ट्रिय सहमति
मेयरसाप डेस्क
|
२०८२ फागुन ५ गते १६:२५
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा विद्यमान राष्ट्रिय समस्याहरूको निकास नखोजिकन हतारमा निर्वाचनमा जानु प्रत्युत्पादक हुने धारणा व्यक्त गरेका छन् । बुधबार ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले निर्वाचनअघि राष्ट्रिय सहमतिको आवश्यकता औँल्याएका हुन् ।
निर्वाचनलाई प्रजातन्त्रको स्वाभाविक प्रक्रिया माने पनि वर्तमान परिस्थितिको गम्भीरतालाई उपेक्षा गर्न नमिल्ने उनको तर्क छ । शाहले सन्देशमा भनेका छन्, ‘अहिलेको आम जनभावना यो छ कि मुलुकका जल्दाबल्दा समस्याहरूको समाधान पहिले खोजियोस् र त्यसपछि मात्र निर्वाचनको प्रक्रियामा अघि बढियोस् ।’
उनले निर्वाचनपछि मुलुक फेरि द्वन्द्व, अशान्ति र राजनीतिक खिचातानीको चक्रव्युहमा नफसोस् भन्नेतर्फ सचेत गराएका छन् । सबै पक्षलाई समेट्ने गरी एउटा बृहत् समझदारी र राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्दा मात्रै मुलुकले सही बाटो समात्ने विश्वास पूर्वराजाले व्यक्त गरेका छन् ।
Facebook Comments