Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

कांग्रेस केन्द्रीय समिति बैठकबाट प्रतिज्ञापत्र पारित

User Image मेयरसाप डेस्क | २०८२ फागुन ५ गते १७:०२
Image of https://mayorsap.com/storage/photos/shares/congress_8.jpg

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो ‘प्रतिज्ञापत्र’ (घोषणापत्र) पारित गरेको छ । बुधबार बिहान पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले उक्त प्रतिज्ञापत्रलाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।

कांग्रेसले यसपटक आफ्नो चुनावी मुख्य दस्तावेज सार्वजनिक गर्न ऐतिहासिक नगरी जनकपुरधामलाई रोजेको छ । जनकपुरमा आयोजित विशेष ‘प्रतिज्ञासभा’ मार्फत सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरूले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, जनकपुरको यो सभा केवल चुनावी कार्यक्रम मात्र नभई मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको बलियो सन्देश दिने ऐतिहासिक अवसर हो ।

जनकपुरमा सार्वजनिक गरिए लगत्तै आज अपराह्न ४ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रतिज्ञापत्रका मुख्य बुँदाहरूबारे थप जानकारी दिइने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।

यसपटकको प्रतिज्ञापत्रमा जेनजीका भावना, आर्थिक सुधारका ठोस योजना र भ्रष्टाचार नियन्त्रणका कठोर संकल्पहरूलाई प्राथमिकता दिइएको छ । कांग्रेसले यसलाई केवल चुनावी घोषणापत्र मात्र नभई जनतासँग गरिने ’पवित्र बाचा’का रूपमा व्याख्या गरेको छ ।


Facebook Comments