मागेको सूचना नदिने सहकारी संस्थाका प्रमुखलाई १० हजार जरिवाना

आयोगबाट धेरै पटक चेतावनीयुक्त आदेश जारी गर्दा पनि गैरजिम्मेवार चरित्र प्रदर्शन गर्ने सल्लाघारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड न्यूरोड काठमाडौँका कार्यालय प्रमुख महेन्द्रचंग लामिछानेलाई १० हजार जरिवाना गरिएको हो ।

User Image Mayorsap | ११ महिना अगाडि
Image of storage/news/1730988638.png

काठमाडौं
कार्तिक २२ गते,
मागेको सूचना उपलब्ध नगराउने एक सहकारी संस्थाका प्रमुखलाई राष्ट्रिय सूचना आयोगले १० हजार जरिवाना गराएको छ ।
आयोगबाट धेरै पटक चेतावनीयुक्त आदेश जारी गर्दा पनि गैरजिम्मेवार चरित्र प्रदर्शन गर्ने सल्लाघारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड न्यूरोड काठमाडौँका कार्यालय प्रमुख महेन्द्रचंग लामिछानेलाई १० हजार जरिवाना गरिएको हो ।
उनलाई सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा १ बमोजिम १० हजार जरिवाना गरिएको आयोगले जनाएको छ ।


Facebook Comments